काठमाडौं, २८ माघ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पाँचौ विकेट झारेको छ ।

पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातौ ओभरमा दोस्रो विकेट हात पारे भने आठौं ओभरमा नेपालका करण केसीले तेस्रो विकेट लिएका हुन ।

उनले युएइका गुलाम सवारलाई १६ रनमा आउट गरेका हुन् । सन्दीपले चारौ र पाँचौ विकेट लिए । युएइका रमिज साहजलाई ४ रनमा आउट गरेका सन्दीपले मोहम्मद उस्मानलाई शून्य रनमा पेभेलिएनको बाटो देखाएका हुन् । अहिले युएइ १८ ओभरमा ५४ रन बनाएर खेलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here