नवलपरासी,१ फागुन ।

नवलपरासीको मध्यविन्दु नगरपालिका –१५, मा यात्रुवाहक बस आफै अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

नारायणगढबाट बुटवलका लागि छुटेको लु २ ख ४४ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दु –१५, मा अनियन्त्रित भई पल्टिँदा नवलपरासी सरावल गाउँपालिका –७, बस्ने २४ वर्षीय सिद्धु बेल्डा चौहानको ज्यान गएको हो । उनको उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनमा परि घाइते भएका सबैको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here