धनुषा, १ फागुन  ।

प्रदेश नम्बर २ को सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेश संसद सचिवालयले तोकेको समयसीमामा यादव बाहेक अन्य कसैले उम्मेदवारी दर्ता नगराएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । प्रदेश नम्बर २ को संसद सचिवालयले मंगलवार ११ बजे देखि २ बजे सम्म मनोनयन दर्ताको समयावधि तोकेकोमा यादवले ११ः३० मा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष समेत रहेका यादवले संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतको समर्थन र राजपा नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here