धनुषा, १ फाल्गुन।  

प्रदेश नं. २ को मुख्यमन्त्रीका लागि संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले संयुक्त रुपमा दावी पेश गरेको छ ।

फोरम संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सिफारिस गर्दै दुवै दलले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ समक्ष बहुमत पेश गरेको हो । प्रदेश नं. २ मा एक सय ७ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार गठनका लागि  ५४ सांसद आवश्यक पर्छ । यस प्रदेशमा फोरमको २९ र राजपाको २५ गरी जम्मा ५४ सांसद पुग्छ । प्रदेश २ मा सरकार बनाउन फोरम र राजपा भागबण्डा मिलाई आपसी सहमति गरिसकेको छ ।

यसअघि नै प्रदेश प्रमुख कायस्थले मुख्यमन्त्रीका लागि बहुमतसहित आउन दलहरुलाई आह्वान गर्नु भएको थियो । भोलि फाल्गुन २ गते प्रदेशसभाको सभामुखको लागि समय तोकिएको छ ।

आउँदो बिहीबार जनकपुर चुरोट कारखानामा हुने मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा फोरम र राजपाका शीर्ष नेताहरु सहभागी हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here