१ फागुन

दक्षिण अफ्रिकासँगको ६ खेलको एक दिवसीय श्रृङ्खलाको पाँचौ खेलमा भारतले २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोर्ट एलिजावेथमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको हो ।

भारतका लागि रोहित शर्माले सवाधिक १२६ रन बनाए । शर्माले १२६ बलमा ४ छक्का र ११ चौकाको सहयोगले १२६ रन जोडेका हुन् । ९६ रन बनाएको अवस्थामा रोहित शर्मा क्याचआउट हुनबाट बचेका थिए । यो रोहितको १८० औँ वान डे म्याच हो । उनले १७४ इनिंग्स खेल्दै ४४.९० औसतमा ६६८२ रन बनाएका छन् । त्यस्तै उनी वान डेमा डबल सेन्चुरी हान्ने विश्वकै एक मात्र खेलाडी पनि हुन् ।

त्यस्तै भारतका लागि कप्तान विराट कोहलीले ३६, महेन्द्रसिंह धोनीले १३, शिखर धवन ३४, श्रेयष अय्यरले ३० रन तथा भूवनेश्वर कुमारले १९ रनको योगदान दिए ।

त्यस्तै बलिङतर्फ दक्षिण अफ्रिकाका २१ वर्षीय बलर लुंगी एनगिदीले ४ तथा रबाडाले एक विकेट लिएका थिए ।
६ खेलको वान डे श्रृङ्खलामा भारत ३–१ ले अगाडि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here