म्यानचेस्टर गोली काण्डमा १० घाइते

meropati
Spread the love

लण्डन, बेलायत । बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार आइतबार (बिहान २ः३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ ।
गुप्तचर प्रहरी निरीक्षक डेवी डुलीले भन्नुभयो, “हामीले अहिले केही स्थानीयहरूलाई घाइते अवस्थामा अस्पतालमा भेटेका छौँ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र उहाँहरूको उपचार भइरहेको छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ ।”
डुलीले भन्नुभयो, “घटनामा दोषी रहेको आशङ्कामा क्यारेवियाली व्यक्तिलाई पक्राउ गरिएको तर घटनाको केहीघण्टा पहिले उसलाई छोडिएको थियो । त्यसैले त्यहाँ त्यस किसिमका केही मानिसहरूको समूह हुनसक्छन् ।”  उहाँले घटनालाई खतरनाक आक्रमणको सज्ञा दिँदै अधिकारीहरूले घटना कहाँ भएको र यसका दोषीहरूबारे अनुसन्धान गरिरहेको बताउनुभयो ।

One thought on “म्यानचेस्टर गोली काण्डमा १० घाइते

  1. Hi there just wanted to give you a quick heads up. The
    words in your post seem to be running off the screen in Opera.
    I’m not sure if this is a format issue or something to do with web browser compatibility
    but I thought I’d post to let you know. The design and style look great though!
    Hope you get the problem solved soon. Kudos

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: