अब सिभिल इञ्जिनियरिङ सामुदायिक विद्यायलमै

meropati
Spread the love

पाल्पा । महँगो शुल्क तिरेर प्राइभेट स्कूल तथा क्याम्पसमा पढाइ हुने सिभिल इन्जिनियरिंग अब सामुदायिक विद्यालयमै संचालन गरिने भएको छ  । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो । सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुनले सिभिल इञ्जिनियरिङ विषयको पढाइले धेरै विद्यार्थीले रोजगारी पाउने सम्भावना रहेकाले प्राविधिक विषयको कक्षा सञ्चालन गर्न गएको बताउनुभयो । विद्यालयका प्रअ जनार्दन पाण्डेयले यस वर्ष ४८ जना विद्यार्थीलाई विद्यालयमा पढाउन सकिने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
यसै शैक्षिकसत्रदेखि पढाइ शुरु गर्ने तयारीमा विद्यालय जुटेको छ । निजी क्याम्पसमा अहिले निकै महँगो शुल्क तिरेर विद्यार्थी पढ्न बाध्य छन् । सामुदायिक विद्यालयमा सहुलियतमा पढ्न पाउने भएपछि विद्यार्थी खुशी भएका छन् ।  गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले प्राविधिक शिक्षा अहिले आवश्यकता भएकाले यस विद्यालयल सिभिल इञ्जिनियरिङ पढाइ गरी दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने बताउनुभयो ।

2,757 thoughts on “अब सिभिल इञ्जिनियरिङ सामुदायिक विद्यायलमै

  1. Banko Tahminler ile paranızı katlamak Betstake10 tahmin ekibi ile çok kolay. Sizde sadece bir tık uzağınızdaki 1betstake10.com sitesine giriş yaparak banko tahmin ve banko kuponlar ile kazanmanın tadını çıkarın.