श्रद्धान्जली दिँदा सलमानको ट्रोल

meropati

काठमाडौं । भारतीय राजनीतिज्ञ अटल बिहारी बाजपेयीको चार दिनअघि निधन भएको छ । उनको निधनमा थुप्रै बलिउडकर्मीहरुले सामाजिक सञ्जालमा भावीव्व्हल शब्दहरु व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् । यसरी श्रद्धान्जली दिनेमा शाहरुख खान, प्रियंका चोपडादेखि अनिल कपुर र लता मंगेशकरसम्म रहेका थियो ।
यसरी रुवाबासी चलिरहँदा दबंग नायक सलमान खानको भने कुनै अत्तोपत्तो थिएन । उनले सामाजिक सञ्जालमा बाजपेयीलाई सम्झने फुर्सन नै पाएनन् । यसलाई लिएर थुप्रैले उनको आलोचना पनि गरिरहेका थिए । अहिले ४ दिनपछि आएर सलमान एक थान श्रद्धान्जलीका साथ फेसबुकमा झुल्किए । उनले बाजपेयीको प्रशंसा गर्दै उनको निधनमा शोक व्यक्त गरे । यसरी चार दिनपछि शोक व्यक्त गर्दा सलमानले थुप्रै ट्रोलको सामना गर्नुपरेको छ ।
कसैले ‘श्रद्धाञ्जली दिन किन यति हतार गरेको ?’ भन्दै व्यंग्य प्रहार गरेका छन् भने कसैले ‘बाजपेयीको निधन भएको यति चाँडै कसरी थाहा पाउनुभयो भनेका छन् । एक जनाले चाहिँ ‘टाइगर सुतिरहेका थिए’ भनेर लेखिन् । यद्यपि, सलमानका केही डाई हार्ड फ्यानहरु भने उनको बचाउमा पनि लागेका थिए ।
खासमा सलमान केही दिनदेखि देशबाहिर थिए । आफ्नो फिल्म ‘भारत’ को सुटिङका सिलसिलामा माल्टामा रहेका उनले समय निकाल्न नसक्दा सामाजिक संजालमा आउन सकेका थिएनन् । उनले त्यहाँ बाजपेयीको खबर थाहा पाएनन् वा पाएर पनि वेवास्ता गरे यसै भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: