कञ्चनपुर । ‘यो समितिबाट निर्मलालाई न्याय मिल्ने कुरा मैले असम्भव देखेको छु’ भन्दै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्यले राजीनामा दिए ।
घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिकै सदस्य वीरेन्द्र केसीले राजीनामा राजीनामा गरेपछि निर्मलाको बलात्कार र हत्याको सत्यतथ्य बाहिर आउनेमा झनै शंका बढेर गएको स्थानीयले बताएका छन् ।
हत्यामा जनप्रतिनिधि र सुरक्षानिकायकै उच्च पदस्थ अधिकारीका आफन्त संलग्न रहेको आरोप लाग्दै आएको छ । यही अवस्थामा केसीको राजीनामा आएपछि घटनाले अर्काे रुप लिने अनुमान गरिएको छ ।
१५ दिने म्याद सकिएर थप १५ दिन म्याद थपेकै दिन राजीनामा दिएका उनले निर्मला प्रकरण निक्कै जटिल मोडमा रहेको पनि उल्लेख गरे । राजीनामा दिएपछि उनले बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय पाउन गाह्रो रहेको बताएका छन् ।
७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसी सहितको छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली संयोजक छन् । १५ दिने म्याद सकिएपछि सरकारले यस समितिको म्याद थप १५ दिन थपेको छ । १३ वर्षीया निर्मलाको यही साउन १० गते साथीको घरमा गएको अवस्थामा बलात्कारपछि हत्या भएको थियो ।
उनले आफूले सुरुदेखि नै निर्मलाले वास्तविक न्याय पाउनुपर्ने र दोषी कानुनी कठघरामा उभिनुपर्ने अडान लिँदै आएको पनि उनले खुलाए । ‘समितिको म्याद १५ दिन थपिएपछि मेरो असन्तुष्टि रह्यो’ उनले भने, ‘म्याद थप गर्दा धेरै जटिलता आउने देखिन्छ ।’
‘यही छानबिन समितिबाट निर्मलाले न्याय पाउँछिन् भन्ने मलाई विश्वास छैन’, उनले भने, ‘निर्मलाले न्याय पाउने अवस्था नदेखेकैले म्याद थप गरिए पनि मैले समितिबाट बाहिरिने निर्णय लिएको हुँ ।’ हकी स्वभावका केसीले आफूले सुरुबाटै छानबिन प्रक्रियाबारे प्रश्न उठाउँदै आएको पनि बताए ।
hi!,I really like your writing so a lot! percentage we keep up a correspondence extra about your post on AOL?
I need a specialist on this area to resolve my problem.
May be that’s you! Taking a look ahead to peer you.
I’m gone to convey my little brother, that he should also visit this web site on regular basis to
obtain updated from most recent reports.
Hi there, this weekend is good in support of me, because this occasion i
am reading this enormous educational paragraph here at my house.
It’s hard to come by experienced people for this topic,
but you sound like you know what you’re talking about!
Thanks