गाजाँसहित दुई पक्राउ

meropati

धनकुटा । अवैध गाजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका वडा नं.९ सिसिरे भीर नजिकबाट गए राति ९ बजे प्रहरीले विशेष सुराकी आधारमा ५ केजी गाजाँसहित सहिदभूमि गाउँपालिका–९ का २५ वर्षिय नवीन राई र २१ वर्षिय समित राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रातीको समय लुकाई छिपाई गाजा बिक्री गर्ने उद्धेश्यले मोटरसाईकलमा बोकेर लैजादै गरेको भन्ने विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो । मुलघाटस्थित प्रहरी चौकीबाट असई राजेश श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । पक्राउ गरिएका दुवैलाई लागूऔषध ऐन २०३३ अन्तर्गत मुद्धा अघि बढाईने एसपी गुरुङले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: