मुख्य समाचार

महालक्ष्मीमा आगलागी हुँदा ४ घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आगलागी हुँदा ४ जलेर नष्ट भएका छन् ।

बुधबार बिहान करिब साढे ११ बजेतिर सुरु भएको आगलागी स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासमा करिब ४ घण्टा पछि नियन्त्रणमा आएको थियो ।


advertisement

धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित डाडाँखर्कमा स्थानीय ज्ञानबहादुर मगरको घरमा विधुत सर्ट भई अचानक आगलागी हुँदा छिमेकी कमलादेवी खड्का र रिपुमर्दन राई र कालुमान राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङका अनुसार आगलागीले तीन घरको अन्दाजी २५ लाख रुपैँया बराबरको धनमाल क्षति भएको छ । आगलागीले घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ ।

धनकुटा र संखुवासभाको सीमावर्ती क्षेत्र केवा खोला नजिकै रहेको घटनास्थल डाडाँखर्क गाउँ चानुवा प्रहरीको चौकीबाट करिव ४ घण्टाको दुरीमा पर्दछ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: