देउसीभैलोबाट साढे तीन लाख संकलन

meropati

धनकुटा ः होटल एशोसिएशन अफ भेडेटारले भवन निर्माण सहयोगार्थ तिहारमा खेलेको देउसीभैलोबाट तीन लाख ४३ सहयोग संकलन भएको जनाएको छ । पूर्व कै पर्यटकीयस्थल भेडेटारमा भेडेटार होटल एशोसिएशनले आगामी वैशाखभित्र आफ्नै भवन निर्माण गर्नका लागि तिहारमा देउसीभैलो खेलेको थियो ।

भवन निर्माण गर्न साँगुरीगढी गाउँपालिकासँग जग्गा माग गरिएको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । २०६८ सालमा स्थापना भएको सो संस्थाले हरेक वर्ष अंग्रेजी नयाँ वर्षको बेला खाना महोत्सव गर्दै आइरहेको छ । भवन निर्माण भएपछि कार्यालय संचालनसँगै पर्यटकीयस्थलको जानकारीमूलक सूचना केन्द्र स्थापना गर्ने उनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: