दरबारमार्गको क्लबमा भिषण आगलागी

meropati

२६ असोज, काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा भएको आगलागी करिब ३ घन्टापछि नियन्त्रणमा आएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘विद्युत् सर्ट भएका कारण आगो लागेको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’



आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो । जेनेरेटसम्म झिल्को पुगेपछि भीषण आगलागी भएको थियो ।

आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ ।

फायर फाइटर घाइते

आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् । उनको परिचय खुलेको छैन ।

हाल उनलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर पुर्याइएको छ । उनको अवस्था सामान्य रहेको डीएसपी बोगटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: