मिलन विश्वकर्मा
पाल्पा, असोज २८ । पाल्पामा श्रीमानले मुक्का प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते बनाएका छन् ।
रामपुर नगरपालिका–४ गिजिङडाँडाका २५ वर्षीय भूमबहादुर सोमैले श्रीमती १८ वर्षीया खगिसरा सोमैलाई कुटेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।
घाइते खगिसराको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरेको छ ।
टाउको र अनुहारमा गम्भीर चोट लागेको उनलाई आइसियूमा राखेर उपचार गरिएको छ ।
कुटपिट गर्ने भूमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रोजगारीको शिलशिलामा विदेश गएका भूमबहादुर घरमा फर्किए लगत्तै श्रीमतीलाई परपुरुषसँग मिलेको भन्ने शंका गर्दा आपसमा विवाद भएको थियो ।
विवादले उग्ररुप लिएपछि उनले कुटपिट गरेको प्रराम्भिक वयानमा खुलेको प्रहरीले जनाएको छ । उनले असोज ९ गते निर्घात कुटपिट गरेका थिए ।
यद्यपि घट्नाबारे केहि दिनपछि थाहा भएको र लगत्तै दशै विदा परेकोले मंगलबार आज मात्र मुद्धा दर्ता गरी अदालत उपस्थित गराएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस