विहान दौडिने पनि तरिका हुन्छ,जुन तरिकाहरु जान्नुहोेस्

meropati

काठमाडौ,२९ असोज । विहान–विहान दौडिनु भनेको अरु व्यायम गरे जस्तै हो । त्यसैले प्रायः मानिस विहान उठ्नेबित्तिकै दौडिने गर्छन् । आफु दौडिने क्रममा आफनो पैतालाको चाल सुन्न आवश्यक हुन्छ । दौडिने क्रममा दिमागलाई एकाग्र बनाउन पर्छ । विशेष गरी दीर्घरोगीहरू, जसले कडा व्यायाम गर्न हुँदैन, उनीहरू दौडनुपर्छ ।

तर……



दौडिदा पनि तरिका हुन्छ ,जुन तरिकाहरु जान्नुहोेस् :

–विहान उठेर मनतातो पानी पिउने र शौच क्रिया गर्ने,

–दौडको लागि एकदमै सजिलो जुत्ता र हल्का तथा खुला पहिरनका साथ निस्किने, दौडनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, हातखुट्टा चलाउने,

–दौडन सुरु गर्नेवित्तिकै आफ्नो विस्तारै दौडने र ५–७ मिनेटपछि मात्र दौडको गति बढाउने,

–अरूको देखासिकीमा छिटो नदौडिने,

–दौडने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने,

–दौडनु सुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउने,

–दौडेर फर्केपछि नुहाउने,

–प्रोटिनयुक्त खानेकुरा सेवन खाने,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: