गुल्मीको भवने डाँडा पर्यटकको प्रखाईमा

meropati

बुटवल,२९ असोज ।गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३  र गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ भँगारी भवने डाँडा (दारेढुङ्गा ) पिकनिक र घुमघामको लागि आकर्षक गन्तब्य हो ।

निर्माण भएको झण्डै ८ वर्ष बितिसक्दा पनि प्रचार–प्रसार नहुँदा रिडी तम्घास सडक नजिकै रहेको आकर्षक पर्यटकिय गन्तब्य केही ओझेलमा परेको छ । जिल्लाको सदरमुकाम तम्घासबाट पूर्व तर्फ झण्डै १० किलो मिटर पक्की सडक र केहि कच्ची सडक मार्फत पर्यटकिय स्थल सम्म पुग्न सकिन्छ । भवने डाँडा हुँदै रेसुङ्गा सम्म पुग्नको लागि सडक मार्गको पनि बिस्तार भएको छ ।



भँगारी भवने डाँडा (दारेढुङ्गा ) पिक्निक पर्यटकिय स्थलमा बस्नको निम्ती बिभिन्न प्रकारका बिश्रामस्थल सहितका छाताहरु, बनभोज जानेहरुको लागि पकाउने स्थलहरुसँगै अरु धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन् । पर्यटकिय स्थलबाट जिल्लाका बिभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची,पाल्पा लगायत बिभिन्न स्थानहरु समेत देख्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: