माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

meropati

पाल्पा, १, कात्तिक ।
पाल्पामा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बगनाशकाली गाउँपालिका–१ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताउनुभयो । कुमाल तानसेन नगरपालिका–४ विशालबजारका रोहित कुमार रामदामको नयाँ घर बनाउँदै गर्ने क्रममा शुक्रबार दिउँसो सवा ३ बजे पुरिनुभएको थियो ।



कुमालको नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरेका थिए। पिलरको जगमा गाह्रो लगाउँदै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को झरेको थियो । उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याउँदा डाक्टरले कुमाललाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: