रुखबाट लडेर पाल्पामा एक महिलाको मृत्यु

meropati

पाल्पा, १ कात्तिक ।
पाल्पामा रुखबाट लडेर एक महिलाको शुक्रबार मृत्यु भएको छ। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ३५ वर्षीया कमला पहराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताउनुभयो ।

रुखबाट लडेर घाइते भएकी पहराइको उपचारको लागि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको हो। शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: