पाल्पामा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

meropati

मिलन विश्वकर्मा
पाल्पा, १ कात्तिक ।
पाल्पामा दुइवटा ट्रक ठोकिएर दुर्घटना शुक्रबार बेलुकी हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका ३९ वर्षीय हिमबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताउनुभयो ।



गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ९२०२ नम्बरको ट्रक र बुटवलदेखि गुल्मीतर्फ जाँदै गरेको ना४ख १७०० नम्बरको ट्रक पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा बेलुकी साढे ५ बजेतिर एकआपसमा ठोकिएका थिए । दुइ ट्रक ठोक्किदा लु१ख ९२०२ नम्बरको ट्रक सडकभन्दा करिव ४ सय मिटर तल खसेको उहाँले बताउनुभयो ।

घाइते हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–५ का ३५ वर्षीय माधव भण्डारी, सोही ठाउँका ३४ वषीया कष्णकुमारी काउछा, १५ वर्षीया झरना काउछा, चालक गुल्मीकै चन्द्रकोट गाउँपालिकाका–८का २७ वषीय धनबहादुर राना, सह चालक सोही ठाउँका १९ वर्षीय विकास राना, सत्यवती गाउँपालिका–५ का २१ वर्षीय सन्तोष सिंजापती, ना४ख १७०० नम्बरको ट्रकका चालक नवलपरासीको वर्दघाट नगरपालिका–६ का ३५ वर्षीय राजकुमार न्यौपाने रहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

उहाँका अनुसार घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य केहिको अवस्था गम्भीर र केहिको समान्य रहेको छ । यद्यपि सबै खतरामुक्त रहेको उहाँले बताए ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: