काठमाडौँ ,२ कार्तिक । काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भने,‘ त्यतिबेला के हेरेर बसेको ?’‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला के हेरेर बसेको ?’
कांग्रेसबाट निर्वाचित स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षका लागि आयोजना गरिएको दुईदिने प्रशिक्षणमा देउवाले राम्रो काम गरेर देखाउन जनप्रतिनिधिहरूलाई निर्देशन दिए । ‘कम्युनिस्ट र कांग्रेस फरक छन् भन्ने कुरा जनताको मन जितेरै देखाउनुपर्छ,’ स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिँदै देउवाले भने, ‘आगामी निर्वाचनमा पार्टीले जित्ने गरी काम गरेर देखाउनुहोस् ।’
प्रतिकृया दिनुहोस