रुपन्देहीको सैनामैनाबाट १० लाख युरोसहित ५ जना पक्राउ

meropati

काठमाडौं, ४ कात्तिक । रुपन्देहीको सैनामैनाबाट १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा सैनामैना २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् ।  सो युरो १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउने बताइएको छ ।

उनीहरुको साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धातु समेत बरामद भएको छ ।

बरामद रकम राष्ट्र बैंक पठाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: