मनाेरञ्जन

स्याङ्जा विग आईडलको सुपर मेगा अडिसन सम्पन्न

स्याङ्जा, ४ कात्तिक । स्याङ्जाको विग आइडलको सुपर मेगा अडिसन वालिङ्मा सम्पन्न भएको छ । “स्याङ्जाको सान, स्याङ्जाको पहिचान, नभ प्रतिभाको लागि विशिष्ट स्थान” भन्ने मूल नारासहित ए.वि.सि.डी युथ क्लब वालिङ्को आयोजनामा स्याङ्जा विग आईडल भएको हो । जिल्लाका विभिन्न कुनाकुनामा पुगेर गरिएको अडिसनबाट छनोट भएका १ सय ११ जनाले सुपर मेगा अडिसनमा भाग लिएका थिए । आईडलको निर्णयक मण्डल प्रतिनिधि मञ्जली बस्यालले सुपर मेगा अडिसनबाट अर्को राउण्डका लागि ७० जना छनोट भएको बताउनुभयो । उहाँले अवको राउण्ड पृथक हुने समेत दावी गर्नुभयो ।

स्याङ्जा विग आईडलका गायन र नृत्य तर्फका विजेताले ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने संस्थाका उपाध्यक्ष अविद अलिले बताउनुभयो । उहाँका अनुसार दुवै तर्फका उपविजेताले २५÷२५ हजार र साहायक उपविजेताले १०÷१० हजार रुपैयाँ सहित सिल्ड मेडल र प्रमाण पत्र पुरस्कार पाउने छन्। गायनमा उत्कृष्ट हुनेलाई कभर गीत गाउने र नृत्यमा उत्कृष्ट हुनेलाई म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिईने छ ।


advertisement

कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले स्याङ्जा विग आईडलले लुकेका प्रतिभा उजागर गर्ने नमुना काम गरेको बताउनुभयो ।

वालिङ् नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गुरुदत्त सुवेदीले आजको प्रतिभा भोलिको नेपाल स्टार बन्न सक्ने भन्दै प्रतियोगिताका सहभागीलाई मेहनत गरेर आफ्नो प्रतिभा प्रस्तुत गर्न सुझाव दिनुभयो ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर दुइका क्षेत्रिय सचिव दामोदर लम्सालले थप सफलताको शुभकामना दिनुभयो ।

स्याङ्जा विग आईडल खुल्ला गायन तथा नृत्य प्रतियोगितामा सुपर मेगा अडिसनमा सञ्चारकर्मी नारायण विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: