सैन्य भर्नामा अनियमितता : तीन सैनिक पक्राउ

meropati

काठमाडौं ६, कात्तिक । सैन्य भर्नामा अनियमितता गरेको आरोपमा तीन सैनिक अधिकारी पक्राउ परेका छन्। २३ जना सेटिङकर्ता र नक्कली परीक्षार्थी पनि किर्तेमा तानिएका छन्। हवल्दार र दुई सैनिक हिरासतमा छन्। जंगीअड्डाले अनुसन्धान प्रक्रियामा रहेको भन्दै उनीहरुको नाम खुलाएको छैन। सैनिक प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरमा परीक्षार्थीका लागि नक्कली परिचयपत्र बनाई किर्ते गरेको आरोप उनीहरुविरुद्ध लागेको । सोही केन्द्रमा नक्कली पठाई परीक्षा दिन लगाउने ६ परीक्षार्थी पनि पक्राउ परेका छन्   गैरसैनिकविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भर्ना प्रक्रियामा अनियमितता गर्नेमाथि अनुसन्धान भइरहेको बताए। उनीहरुले स्वविकेले किर्ते गरेवा माथिको आदेश पालना गरेका हुन भन्नेबारे मुख्यालयले अनुसन्धान गरिरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: