Uncategorized

हर्षउल्लासका साथ भाइटिका मनाइयो

काठमान्डौं, १३ कात्तिक । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार अर्थात यमपन्चकको अन्तिम दिन आज भाइ टिका मुलुकभर भाइ पुजा गरी मनाइएकाे छ । भाइटिकाका दिन दिदि बहिनीले दाजुभाइहरुको निधारमा दिर्गायु र प्रगतीको कामना गर्दै सप्तरंगी टिका लगाइदिने गरिन्छ ।

दिदि बहिनीले आफ्ना दाजुभाइलाई टिका लगाइ दिदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्ट चिरन्जिबीका साथै यमराज र यमुनाको पुजा गरी तेलको घेराहालेर ओखर फुटाई मखमली सयपत्रि र दुबोको माला लगाएर चिरायुको कामना गर्ने गर्दछन् ।


advertisement

टिकाको साइतको प्रतिक सातवटा वा पाच वटा रंगको प्रयोग गरिनुका साथै सगुन मिठाई फलफुल ओखर कटुस मसला सेल रोटी दिने चलन छ ।

दाजुभाइले पनि टिका लगाइदिएर दिदिबहिनीलाई गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य सुख समृद्धि र चिरायुको कामना गर्ने गर्दछन् ।

पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई बिशेष सम्मानका साथ पुजा गरी टिका लगाई दिर्गायुको कामना गरेको सम्झनामा भाइटिका लगाउने परम्परा चल्दै आएको हो ।

आफ्ना दिदिबहिनी नहुने दाजुभाइलॆ आज राजधानीको यमलेश्वर महादेबको मन्दिरमा दर्शन गरी टिका लगाउने चलन छ । सो मन्दिर प्रत्येक बर्ष भाइटिकाको दिन मात्र खुल्ने गर्दछ ।

११:५५ बजेको साइतमा दाजुभाईहरुले दिदीबहिनीसँग निधारमा सप्तरंगी टीका लगाएर हर्षोल्लासका साथ तिहार मनाएका छन् । भाइटीकाका लागि उत्तम साइत ११:५५ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने ज्योतिषीले बताएका छन् ।

आजका दिन दिदी बहिनीले दाजुभाईलाई टीका लगाएर विभिन्न मिठाई फलफुल र उपहार दिने चलन छ । त्यसैगरी दाजुभाईले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिने गर्छन् ।

दाजुभाई वा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित महादेवको मन्दिरमा गएर पनि टिका लगाउने गर्छन् । यो मन्दिर भाइटिकाको दिनमात्र सर्वसाधारणका लागि खुला हुन्छ ।

यसैबिच आज मैथिली र भोजपुरी समाजमा दाजुभाई दिदीबहिनी बीचको आत्मीय प्रेमको प्रतिकका रुपमा रहेका भ्रातृ द्धितीया पर्व धार्मिक विधि अनुरुप हर्षोल्लासका साथ मनाइरहेका छन ।

दीर्घायू तथा सुख समृद्धीको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चलन छ । यस पर्बमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मिठोमिठो खानेकुराको परिकार बनाउने चलन छ ।

बिहान नुहाइधुवाइ गरी घरको आगनमा पिठार चामलको पिठोको अर्पण बनाई त्यसमाथि सिन्दुर र अविरले सजाएर राखिएको ठाउमा काठको पीर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: