प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

meropati
काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यस्थिति सामान्य रहेको भन्दै धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले डिस्चार्ज हुने जानकारी दिएको हो ।

ad

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको भन्दै डिस्चार्ज गर्न लागिएको जानकारी दिएका हुन् ।



बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि भर्ना भएका ओलीको बिहिबार दिउसो गरिएको डाईलासिस सफल भएको थियो । यसअघि बुधबार पनि उनको डाईलासिस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: