कृष्णनगरमा लगाइएको निषेधाज्ञा अझैं जारी, शव पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा

meropati
Spread the love

कपिलबस्तु, १५ कात्तिक । बिहीबार विहान ११ बजेदेखि कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू आदेश अहिलेपनि जारी रहेको छ।

तिहारको लक्ष्मीपूजाको लागि स्थापना गरिएको लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समुहविच उपन्न विवाद पछिको अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।



जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै निषेधाज्ञा लगाएपछि निषेधाज्ञा हटाइएको सूचना जारी गरेको छैन। कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीप शमसेर जबराले बिहीबार विहान लगाइएको निषेधाज्ञा अहिलेपनि जारी रहेको बताए ।

कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको छ भने आज दिउसो सम्मको स्थितिलाइ हेरेर कर्फ्यु यथावत राख्ने कि हटाउने भन्ने निर्णय गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक (एसपी) दिप शम्सेर राणाले जानकारी दिए।

लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिदा प्रहरीको गोली लागेर २० वर्षीय सुरज कुमार पाण्डेको मृत्यु भएको थियो। शव पोस्टमार्टमका लागि तौलिहवा अस्पातालमा लागिएको एसपी राणाले जानकारी दिए।

विसर्जन गर्न जाने क्रममा विवाद भएपछी बुधबार राति सोहि स्थानमा सडक छेउमा राखिएको लक्ष्मी पूजाको मूर्ति भने सुरक्षा समितिको बैठक बसी बिहिबार राति नै प्रहरीले पुजा समितिको रहोबरमा बिसर्जन गरिएको एसपी राणाले बताए । अहिले पनि त्यो क्षेत्रमा थप कुनै अप्रिय घटना नहोस भनेर सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: