समाचार

बिवाह पन्चमीको अवसर पारी रिडिमा पाँचौ भजन महोत्सब तथा प्रतियोगिता

पाल्पा, १५ कात्तिक । रुरु धार्मिक सेवा सन्चार प्रा लि ले नेपालमै पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता गर्ने भयको छ ।

आउदो मंसिर १५ गते बिवाह पन्चमीको अवसर पारी कार्यक्रम गर्न लागिएको हो । सो कार्यक्रम बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दोहोरो शंख बजाउने प्रतियोगिता , दिप प्रजलन, जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कट कृषक सम्मान दानवीर सम्मान सहित असल बुहारी समेत सम्मान गर्ने कार्यक्रम तय भयको छ ।


advertisement

भजन प्रतियोगितामा प्रथम पुरस्कार रुपियाँ दश हजार प्रमाणपत्र ,दितिय पुरस्कार रुपियाँ पाँच हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रुपियाँ तिन हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रुपियाँ दुई हजार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको हो ।

साथै यस वर्ष सहभागी पुरस्कार रु एक हजार र प्रमाणपत्र समेत दिइने  भएकाे छ ।  यसैगरि शंख बजाउने प्रतियोगिताका लागि प्रथमपुरस्कार रुपियाँ पन्ध सय र प्रमाणपत्र दितिय पुरस्कर रु एक हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार सात सय र प्रमाणपत्र सान्त्वना पुरस्कार दुई जनालाई रु पाँच सयका दरले प्रदान गरिने भएकाे छ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका १ र २ का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २ का जेष्ठ नागरिक रिब्दिकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्यवति गाउँपालिका अस्लेवा १ का जेष्ठ नगरिक सम्मान गरिने भएकाे हो ।

साथै सम्पूर्ण सम्मानित जेष्ठ नागरिकलाई यातायातको सेवा समेत मिलाइने प्रालिका अध्यक्ष चुरामनी तिमिल्सिना ले जानकारी दिएका छन् ।

रुरुधाम रिडिमा कार्यक्रम अबलोकन गर्न आउने सम्पूर्ण भक्तजनहरुलाई भन्डाराको समेत ब्यावस्था गरिने आयोजकले बताएको छ ।

यसै दिन सम्पूर्ण पितृहरुको सम्झ्ना गर्दै श्रीमत भागवत पाठपारायण बेद पाठ चन्डी पाठ हबन शिवजीकाे पुजा ग्रहशान्ती समेत गरिने छ ।

कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिनेछ । कार्यक्रम रुरु धाम रिडिमा गरिने भएकाे हो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: