दुध बिक्रीबाट मासिक एक लाख २५ हजार आम्दानी

meropati

पाल्पा- कार्तिक  १७ । साठी  वर्षभन्दा माथि उमेर पुगेकाे  आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका  हुमलाल अधिकारी अहिले ८१वर्ष पुगेका छन्  ।

उनि सक्रिय समूहका सदस्य जस्तै जुझारु उनको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ । गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ । मेहनतानुसार दाम र नाम कमाउनुभएका उहाँ खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका कारण आफूलाई बूढेसकालको महसुससमेत नभएको बताउछन्।



रू बीस लाखको लगानीमा गाईपालन व्यवसाय शुरु गरेका अधिकारिले  अहिले दैनिक ८० देखि ९० लिटरसम्म दूध उत्पादन गरि  दूध बिक्रीबाटै मासिक रू एक लाख २५ हजारसम्म आम्दानी गर्ने गरेको जानकारी दिए ।

नेपाली समाजमा नौलो काम गर्दा प्रोत्साहनभन्दा हतोत्साही गर्ने परम्पराका कारण धेरै नेपाली युवा विदेशिन बाध्य छन् । दश गाई र तीनवटा भैँसीपालनबाट चार स्थानीय बासिन्दालाई रोजगारी प्रदान गर्न पाउँदा अधिकारी खुशी भएका छन् । स्वदेशमै कृषि तथा पशुपालन गरी आम्दानीसँगै बेरोजगार युवालाई रोजगार बनाउने काम निकै चुनौतीपूर्ण भएपनि निरन्तर अभ्यासबाट सफल भइने उनको जिकिर छ ।

आफ्नो गाउँबस्ती छोडेर रोजगारीका लागि अरूका देशमा पलायन हुने युवाका लागि स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने नमूना बनेका छन् अधिकारी । विदेशमा ५०–६० डिग्रीको तापक्रममा पसिना बगाउने युवाले स्वदेशमा पनि पसिना बगाउन सके दुईचार पैसा कमाउन बिदेशिन नपर्ने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: