अर्थ खबर

बैंकबाट ऋण लिएर घर किन्नेलाई राहत, कर्जाको ब्याजदर बढेपनि मासिक किस्ता नढ्ने

काठमाडौँ – कार्तिक १७ । बैंकबाट ऋण लिएर घर किन्ने उपभोक्ताले राहत पाउने भएका छन् ।

बैंकबाट ऋण लिएर घर बनाउनेलाई कर्जाको ब्याजदर बढेपनि किस्ता नबढ्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्नेलाई कर्जाको ब्याजदर वृद्धि भएमा पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गरेको छ ।


advertisement

राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ संशोधन गर्दै व्यक्तिगत घर किन्नका लागि सहज बनाएको हो । पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋण स्वीकृत गर्दा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको छ ।

यसअघि धितोको ६० प्रतिशत मात्र थियो । तर यस्तो आवास ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार बर्गफिटसम्मको घर अथवा अपार्टमेन्ट हुनुपर्नेछ । कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यसअघि घर वा अपार्टमेन्ट खरिद वा निर्माण गर्न कर्जा नलिएको हुनुपर्नेछ ।

यो सुविधा अन्तर्गत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने व्यवस्था उक्त निर्देशिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: