पाल्पामा टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते

meropati

पाल्पा, १७ कात्तिक ।
पाल्पामा टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–२ का ४५ वर्षीय रुकनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरक्षक देवराज पौडेलले बताउनुभयो । लु१क १०८३ नम्बरको टिपर तिनाउ गाउँपालिका–३ श्रीडाँडास्थित चुनखानीबाट ढुंगा लोड गरेर हिड्नेक्रममा नजिकै उकालोमा अनियन्त्रित भई दुर्घटना भएको हो । टिपर सडकभन्दा तल खसेको छ।



घाइते चालक यादवको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । उहाँका अनुसार घाइतेका अवस्था गम्भीर छ। यद्यपि खतरा मुक्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: