पाल्पा, १७ कात्तिक ।
पाल्पामा झुण्डिएको अवस्थामा आइतबार एक युवतीको शव फेला परेको छ ।
जिल्लाको रम्भा गाउँपालिका–२ नम्ताकी २१ वर्षीया पार्वती रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताउनुभयो । घरबाट करिब २ किलोमिटर टाढा खरबारीमा रहेको बरेकको रुखमा झुण्डिएको अवस्थामा रानाको शव फेला परेको हो ।
झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दिउँसो साढे दुइ बजे प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाइएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस