महराको थुनछेक बहस सोमबार पनि जारी रहने

meropati

काठमाण्डौ, १७ कात्तिक ।
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस आइतबार सकिएन् ।

बहस भोलि पनि हुने भएको छ । सरकारी वकिलले आफ्नो राय राखिसकेपछि महराको पक्षका वकिलले आइतवारबाट बहस सुरु गरेका थिए । सबै वकिलको बहस नसकिएपछि भोलि पनि हुने भएको हो । आज महराको पक्षबाट दुई वरिष्ठ अधिवक्ताहरु भोजराज आचार्य र लभप्रसाद मैनालीले करिब ३ घण्टा बहस गर्नुभएको थियो । थुनछेक बहसमा भने ६ जना मात्रै अधिवक्ता सहभागी हुने भएका छन् । दुईजना वकिलले बहस गरिसकेपछि आजको सुनुवाइ हेर्दा हेर्दै भोलिसम्मका लागि स्थगित भएको हो ।



महराको पक्षमा पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा ३५ जना भन्दा धेरै वकिलहरुले बहसका लागि वकालतनामा पेश गरेका छन् । थुनछेकको बहसका क्रममा महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्दैछन् । त्यसैगरि अधिवक्ताहरू मुरारी सापकोटा र चन्द्र गुरागाइँसहितका कानुन व्यवसायीले थुनछेक बहसका लागि वकलातनामा पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: