सातै प्रदेशका प्रमुख नियुक्त गर्ने सरकारको तयारी

meropati

काठमाण्डौ, १८ कात्तिक । सरकारले सोमबार सातै प्रदेशका प्रमुखहरु नियुक्त गर्ने तयारी गरेको छ । प्रदेश प्रमुखको नाम टुंगो लगाउन अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ । सत्तारुढ नेकपाको सचिवालय बैठकपछि बस्ने मन्त्रिपरिषद बैठकले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्ने तयारी गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुख पदमुक्त गरेकी थिइन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: