नवलपरासीको लोकाह पुलमा ‘बम’

meropati

नवलपरासी, १८ कात्तिक । व्यस्त महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ खण्डको लोकाह पुलमा अज्ञात समुहले शंकास्पद वस्तु (बम) राखेपछि त्यहाँ त्रास फैलिएको छ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीबाट ४ किलोमिटर पूर्व रहेको लोकाह पुलको दायाँ उत्तरतर्फको ग्याबिनमा रातो कपडामा बेरेर तार बाहिर निक्लिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि सुरक्षा सतर्कता अप्नाइएको छ । सो पुललाई नेपाल प्रहरी र सशस्त्रको टोलिले घेरा हालेर राखेको छ । जिल्ला प्रहरी प्रमुख अर्जुन रानाभाटले शंकास्पद वस्तु देखिएकाले सेनाको बम डिस्पोजल टोलिलाई खबर गरेको जानकारी दिए ।

उनले शंकास्पद वस्तु तर्साउने उद्धेश्यले मात्र राखिएको हुनसक्ने जानकारी दिए । कावासोतीको हात्तिखोरमा रहेको सेनाको वन तथा सुरक्षा निर्देशनालयको टोलिले बम हो कि अन्य वस्तु भन्ने यकिन गरेर हटाउने उनले जानकारी दिए ।



राजमार्गका पुल सुरक्षाकालागि दुबैतर्फ ढुंगाको ग्याबिन ( ढुंगालाई तारमा राखेर उठाइएको पर्खाल) मा त्यो शंकास्पद बस्तु राखेकोले प्रहरीले घेराबन्दी गरेर यातायात शुचारु गरिहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: