राजनीति

कानुन कार्यान्वयन प्राथमिकतामाः गृहमन्त्री

बुटवल,१९ कार्तिक । गृहमन्त्री रामबहादुर थापाले नयाँ बनेका कानुन कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । गृह मन्त्रालय र प्रदेश नम्बर ५ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले मुलकमा शान्ति सुरक्षासँगै सरकारले सफलताको लक्ष्य हासिल गरेको बताए ।

उनले प्रहरीले राम्रा–राम्रा काम गरेको भन्दै कानुन कार्यान्वयन सरकारको प्रमुख दायित्व रहेको बताए । उनले छिट्टै प्रदेश प्रहरी गठन हुने जनाए ।


advertisement

गोष्ठीमा मंगलबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका विषयमा विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रशासन तथा वस्थापनका विषयमा महाशाखा प्रमुख रामप्रसाद आचार्य, द्वन्द्व ब्यवस्थापनका विषयमा महाशाखा प्रमुख इन्दु घिमिरेको प्रस्तुतिकरण थियो भने बुधबार  प्रदेश अन्तर्गत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राई, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत सुरक्षा अंगका प्रमुखहरुको सहभागिता छ । कार्यक्रममा सहभागी हुन गृहमन्त्री सोमबार साँझ बुटवल आएका हुन् । प्रदेश सरकारले गत बर्ष पनि सुरक्षा गोष्ठी राखेको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: