अपहरणकारीमाथि गोली प्रहार

meropati

पर्सा, २० कात्तिक । अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो ।



जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएस्पी गौतम थापाका अनुसार बनेपादेखि अपहरण गरेर ल्याएको बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । ती १४ वर्षीय बालक दश दिनअघि अपहरणमा परेको बताइएको छ ।

प्रहरीको गोलीबाट अपहरणकारी घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अपहरणकारीको दाहिने खुट्टामा गोली लागेको छ ।थापाले यस विषयमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: