अर्घाखाँचीकाे नरपानीमा कार दुर्घटना ३ जनाको मृत्यु, २ जना घाइते

meropati

बुटवल, २० कात्तिक । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेकाे बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भनेको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

आज  विहान कार रुपन्देहीबाट अर्घाखाँचीका लागी जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।



घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: