स्याङ्जाको विर्घामा एक पुरुषको शव फेला

meropati

मिलन विश्वकर्मा
पाल्पा, २० कात्तिक । स्याङ्जामा बुधबार एक पुरुषको शव फेला परेको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका अन्दाजी ५० वर्षीय सोमबहादुर विकको शव फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताउनुभयो । विकको शव कालिगण्डकी गाउँपालिका–४ विर्घाको खर्सिङगैरास्थित गौंडाकुवामा फेला परेको हो । उनी कुवाको पानीमा डुबेको अवस्थामा भेटिएका थिए।



प्रहरी निरीक्षक घिमिरेका अनुसार विक मंगलबारराती कुवामा डुबेका हुन सक्छन् । बुधबार विहान स्थानीयले देखेपछि विर्घा प्रहरी चौकीमा खबर गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक घिमिरेको नेतृत्वमा आएको टोलीले शव निकाले हो । शवलाई पोष्टमार्टमको लागि वालिङ लगिएको छ ।

मृतक विक करिब १० वर्षदेखि स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ विर्घामा बस्दै आउनुभएको थियो । विक ज्याला मजदुरीमा काम गर्नुहुन्थ्यो। घट्ना के कारणले घटेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: