बिदाइ कार्यक्रममा पूर्व प्रदेश प्रमुख झाले भने, ‘सरकारको नियमित प्रकृयाबाट विचलित हुनुहुँदैन’

meropati

बुटवल, २० कात्तिक ।  प्रदेश ५ का पूर्व प्रदेश प्रमुख उमाकान्त झाको आज बिहान बुटवलमा प्रदेश सरकारले बिदाइ गरेको छ ।

विदाइमा कार्यक्रममा बोल्दै झाले सरकारले गरेको प्रदेश प्रमुखहरु परिवर्तन नियमित कार्य भएको यसमा आफ्नो कुनै आपत्ति नभएको बताए । यसबाट कोही पनि विचलित हुन नहुने उनको जिकिर थियो । उनले आगामी दिनमा पनि नयाँ प्रमुखलाई पनि आफूले सक्दो सहयोग गर्ने  व्यक्त गरे ।



प्रदेशका मन्त्री, उच्च पदस्थ कर्मचारी, उच्च सुरक्षा अधिकारीको उपस्थीतिमा भएको बिदाइ कार्यक्रममा उनले तीनै तहका सरकारसहित आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जिम्मेवारीबाट बिदा हुन पाएको खुसी व्यक्त गरे ।झालेकार्यान्वयनमा  संविधान  उनले भने ‘मेरो कार्यकालमा यस प्रदेश तथा समग्र देशकै हित अभिवृद्धि गर्ने सहकार्यमा मलाई सहयोग र समन्वय गर्नुहुने संघीय सरकार एवम् प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू एवम् राजनीतिक दलका नेतृत्व वर्ग, नागरिक समाज, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारीहरू, पत्रकार मित्रहरू लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने ।झाले संविधान कार्यान्वयनमा सहयोग गर्ने प्रदेशवासीलाई पनि धन्यवाद ज्ञापन गरे । उनले भने ‘मेरो कार्यकालमा यस प्रदेश तथा समग्र देशकै हित अभिवृद्धि गर्ने सहकार्यमा मलाई सहयोग र समन्वय गर्नुहुने संघीय सरकार एवम् प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू एवम् राजनीतिक दलका नेतृत्व वर्ग, नागरिक समाज, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारीहरू, पत्रकार मित्रहरू लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने ।प्रदेशका काुननमन्त्री कुलप्रसाद केसीले झाको बिदाइ गर्दै झा प्रदेश प्रमुखको बेला संविधान कार्यान्वयनमा सहयोग पुगेको बताए । उनले झा गरेका काम प्रदेशवासीको हितमा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: