कास्की २ बाट उपचुनाव नलड्ने धनराज गुरुङको घोषणा

meropati
काठमाडाैँ ,१९ कात्तिक।–प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काँग्रेसबाट कास्की–२ मा यसअघि उम्मेदवारको चर्चामा रहेका काँग्रेस नेता धनराज गुरुङले नउठ्ने घोषणा गरेका छन् ।

उम्मेदवार छनोट गर्न बसिरहेको काँग्रेस पदाधिकारी बैठकमा पुगेर नेता गुरुङले कास्की–२ मा आफू नउठ्ने जानकारी गराएका हुन् । कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा काँग्रेसका शीर्ष नेताहरु विभाजित छन् । मंगलबार दिनभर बसेको काँग्रेस पदाधिकारी बैठकमा समेत कुरा नमिलेपछि बैठक आज पनि बसिरहेको छ ।

बुधबारको पदाधिकारी बैठकमै पुगेर गुरुङले कास्की–२ बाट आफू पछि हट्दै स्थानीयलाई उम्मेदवार बनाउन सुझाव दिएका हुन् । सो कुरा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजकि गरेका छन् ।



गुरुङले ‘मेरो उमेदवारीको चर्चा बारे !’ भन्दै लेखेका छन्

‘उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा मलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चाको सन्दर्भमा पदाधिकारी बैठकमै उपस्थित भएर मैले स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुुक्त हुने राय प्रस्तुत गरेकोछु ! पार्टी भन्दा व्यक्ति माथी कहिल्यै हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: