चीनमा अनलाइन गेममाथि ‘कर्फ्यू’ लागू

meropati

काठमाडौँ, २१ कात्तिक । चिनियाँ सरकारले भिडियो गेमको लतमाथि नियन्त्रणका लागि बालबालिकाको अनलाइन गेम खेल्ने समयमाथि ‘कर्फ्यू’ लगाउने घोषणा गरेका छन् ।

चीनमा १८ वर्षभन्दा कम उमेर भएकाहरुलाई राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गमे खेल्न प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई हप्ताको अन्य दिनमा ९० मिनेट र सप्ताहन्त वा छुट्टीमा तीन घण्टासम्म मात्र गेम खेल्न अनुमती दिइनेछ ।



भिडियो गेमको लतमाथि अंकुश लगाउनका लागि चीनले यो कदम उठाएको हो । अधिकारीका अनुसार यो लत बच्चाको स्वास्थ्यका लागि हानिकारक छ ।चीन संसारको सबैभन्दा ठूलो गेम बजारमध्येको एक हो ।

सरकारको तर्फबाट मंगलबार जारी गरिएको आधिकारिक निर्देशनमा अनलाईन गेममा किशोरकिशोरीद्वारा खर्च गरिने राशिलाई पनि सिमित गरिएको छ ।

८ देखि १६ वर्ष उमेर भएकाहरुले गेम खेल्नका लागि प्रति महिना २०० युआन (२९ डलर) खर्च गर्न सक्छन् जबकि १६ देखि १८ वर्ष भएकाहरुले आफ्नो गेमिङ खातामा चार सय युआनसम्म खर्च गर्न सक्छन् ।

यसअघि सन् २०१८ मा पनि अनलाईन गेमको संख्यालाई सिमित राख्नका लागि चिनियाँ सरकारले गेमिङ नियामक गठन गरेको घोषणा गरेको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: