मुख्य समाचार

मानव समानता आमा समुहद्वारा अस्पताललाई टुल सहयोग

स्याङ्जा, २१ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका– ३ तल्लो गल्याङस्थित मानव समानता आमा समुहले स्थानीय सामुदायिक अस्पताललाई टुल सहयोग गरेको छ ।

गल्याङ नगर सामुदायिक असपताललाई ५ थान बस्ने टुल सहयोग गरेको समुहका अध्यक्ष प्रतिमा सुनारले बताउनुभयो । विरामी कुरुवा बस्नको लागि सहज होस् भन्ने उद्देश्यले काठका टुल अस्पताल व्यावस्थापन समितिका अध्यक्ष लालगोपाल अर्याललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।


advertisement

स्वास्थ्य क्षेत्र जस्तो मानवीय जीवनको लागि अति संवेदनशील संस्थामा गरिएको सहयोग प्रशसंनीय भएको समितिका अध्यक्ष अर्यालले बताए । सबैको सहयोगले स्वास्थ्य संस्थाबाट गुणस्तरीय र राम्रो सेवा पाउन सकिन्छ उहाँले भन्नुभयो ग्रामिण भेगमा रहेको यो अस्पताललाई भरपर्दो बनाउन सके विरामी बोकेर टाढा जानुपर्ने बाध्यताको अन्त्य हुन्छ ।

समितिका सचिव महेन्द्र श्रेष्ठले जिल्लाको पश्चिमी भेगका जनताले सेवा लिने यो अस्पतालको अझै विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

समुहका सचिव अञ्जु गहतराज (स्मृति) ले गरिव तथा दिनदुखीहरुको लागि यो अस्पतालले विशेष सुविधा सहित सेवा दिनुपर्नेमा जोड दिनुभयो । मानव समानता आमा समुहले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उहाँले बतानुभयो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: