आप्रवासी कामदारको अधिकार संरक्षणका लागि आयोगले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

meropati

काठमाडौं,२१ कात्तिक।  राष्टिय मानवअधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आयोगको कार्यालयमा बिहिबार गरेको पत्रकार सम्मेलनमा आयोगका सदस्य सुदिप पाठकले आगामी कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौंमा आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षण विषयक अन्र्तराष्ट्रिय सम्मेलन हुने जानकारी दिएका हुन् ।सो सम्मेलनमा ‘ग्लोबल एलाइन्स फर नेश्नल ह्युमन राइट्स इन्सिच्युट्सका प्रमुख डा. कार्लोस अल्फोनोस नेग्रेट मस्क्युरा, केन्या, मलेसिया, माल्दिभ्स, मंगोलिया, दक्षिण अफ्रिकाका मानव अधिकार आयोगका उच्च अधिकारी सम्मेलनमा भाग लिन काठमाडौं आउने भएका छन् ।

यस्तै बंगलादेश, भारत, थाइल्याण्ड लगायत देशका मानव अधिकार संस्थाका आयुक्तहरु, सरकारी निकाय, गैरसरकारी निकाय, नागरिक समाज लगायत ६२ जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहने पाठकले बताए ।



सो सम्मेलनमा साउदी अरब, कुवेत, बहराइन लगायतका खाडी मुलुकहरुबाट समेत सहभागिता रहनेछ । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत विभिन्न सरकारी निकाय, वैदेशिक रोजगार व्यवसायी संघ, आप्रवासी कामदारको मानवअधिकारमा क्रियाशील गैरसरकारी संस्थाहरु, तथा विज्ञहरु ४५ जना राष्ट्रिय प्रतिनिधिहरुको सहभागी रहने जनाइएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सम्मेलनमा आप्रवासी कामदारको अधिकार, सुशासन, स्वस्थ र जिम्मेवार छनौटको प्रवद्र्धन, अनियमित अप्रवासीको मुद्धा,आप्रवासी कामदारको न्यायको सुनिश्चितता लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै सम्मेलनबाट आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षणमा दक्षिण एसिया तथा एशिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुक, बाटोमा पर्ने मुलुकहरु र गन्तव्य मुलुकहरुमा देखिएका चुनौतीहरुबारे पनि छलफल हुने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: