आलम प्रकरणः मारिएका भनिएका अख्तर वैदेशिक रोजगारीबाट नफर्किएको पत्नीको जिकिर

meropati

काठमान्डौं, २२ कात्तिक । रौतहटमा १२ वर्षअघि भएको बम विस्फोट प्रकरणले नयाँ मोड लिएको छ। घटनामा मारिएका भनिएका ओसी अख्तरकी श्रीमतीले उनी मारिएको नभई वैदेशिक रोजगारीमा गएको निवेदन लिएर अदालत गएपछि उक्त प्रकरणले नयाँ मोड लिने संकेत देखिएको हो।

यसअघि ओसी अख्तर र त्रिलोक प्रताप सिंह सोही घटनामा मारिएको भन्दै प्रहरीमा जाहेरी परेको थियो। सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो।



यो मुद्दा अदालतमा निकै अघि बढिसकेको छ। मुद्दामा महम्मद अफताव आलमको बयान सकेर थुनछेक बहस सुरु भएका बेला यो प्रकरणले नयाँ मोड लिएको छ। ओसीकी श्रीमती अमन खातुनले आफ्नो श्रीमान वैदेशिक रोजगारीमा गएको भन्दै उनको मृत्युको खण्डन गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: