सीतापाइलास्थित एक घरबाट पाँच लाखभन्दा बढीको धनमाल चोरी

meropati

काठमाडौं, २४ कात्तिक ।  काठमाडौं उपत्यकाभित्र चोरीका घटना बढ्न थालेका छन् । दैनिकजसो राजधानीमा चोरहरुले मौका छोपेर चोरी गर्दै आएका छन् ।यसैक्रममा शनिबार राति नागार्जुन नगरपालिका–४, सीतापाइलाथिस्त एक घरमा पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका डीएसपी लालध्वज सुवेदीका अनुसार नागार्जुन–४ स्थित कुमारी मन्दिर नजिकै गोविन्द केसीको घरमा चोरी भएको हो ।



राति १ बजेतिर चोरले दुईवटा आइफोन, एउटा ल्यापटप लगायतको सामान चोरी गरेको डीएसपी सुवेदीले जानकारी दिए ।

आइतबार बिहान प्रहरीले चोरी भएको घरमा पुगेर अनुसन्धान थालेको छ । चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: