सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

meropati

कञ्चनपुर, २४ कात्तिक  । आइतबार सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन प्रक्रिया अघि बढाएलगत्तै मन्त्री रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएका हुन् ।

रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको थियो । मन्त्री रावलले अनुसन्धानमा सहयोग गर्ने भन्दै एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: