ओली र दाहालबीच ‘वान टु वान’ छलफल

meropati

काठमाडौं, २५  कात्तिक ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी,पार्टी एकताको बाँकी काम टुंगो लगाउनेलगायतका विषयमा छलफल हुने बताए ।



नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: