शीतल लामिछानेको ‘चर्चा’ बजारमा

meropati

पाल्पा, २५ कार्तिक । शीतल लामिछानेको ‘चर्चा’ बजारमा आएको छ ।

तिलोत्तमा आइडल– २०७३ का लामिछाने नेपाली आधुनिक गीत बजारमा आएको हो । पाल्पा जन्मथलो भई रुपन्देहीलाई कर्म थलो बनाएका युवा गायक लामिछानेले अहिलेकी चर्चित गायीका मेलीना राईको साथमा ‘चर्चा’ बजारमा लिएर आउनु भएको हो।



दर्शक, स्रोताको चाहनालाई ध्यानमा राखेर अडियो रेकर्डीङदेखि भिडियो निर्माण गरेको उहाँले बताउनुभयो ।

‘चर्चा’ गीतमा पाल्पाली गायक तथा हाँस्य कलाकार कमल भट्टराईको शब्द लेखन रहेको छ । भने पछिल्लो समयमा लोकप्रिय बनेका कलाकार लोक दुनियाको साथी प्रेम लामिछाने मगरको सङ्गीत रहेको छ । भने पदम बिसिले एरेन्ज गरेका छन् ।

भिडियोमा चर्चित मोडल चक्रबम मल्ल र सृष्टि खड्काको उत्कृष्ट नृत्य तथा अभिनय रहेको छ । प्रकाश खड्काले छायांकन गरेको भिडियोमा मिलन विश्वकर्माले गर्नुभएको छ । म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ ।

यसअघि लामिछानेले आफ्नो पहिलो एल्बम लिलामी बजारमा ल्याइसकेका छन् । जुन गीतको भिडियोमा नेपालका चर्चित नायक धिरेन शाक्य मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: