अज्ञात समूहद्वारा बसमा आगजनी

meropati

कैलाली, २५ कात्तिक। कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए।



दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै  आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: