सोलुखुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको मृत्यु

meropati

सोलुखुम्बु , २५ कात्तिक। नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नाम्चेका अनुसार कात्तिक १८ गते सोलुखुम्बु आई खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको चो यु भ्यु लज एन्ड रेष्टुरेण्टमा बास बसेका २८ वर्षीय फ्रान्सेली नागरिकको मृत्यु भएको हो ।

मार्रोन गेटान लुइस नाम गरेका उनको लेक लागेर बिरामी भई स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आवश्यक कानूनी प्रकृया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: